२०८१ फाल्गुन ६ गते मङ्गलवार

गण्डकी प्रदेशमा थप ३८ जना संक्रमित थपिए

दाङ, जेठ २५ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमन देखिएको छ । गण्डकी प्रदेश कारोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता विनोद विन्दु शर्माले आइतवार विहान जारी गरेको बिज्ञप्तिमा ३८ नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । प्रदेशका ४ जिल्लाहरु स्याङजा, बाग्लुङ, गारखा र नवलपरासी पूर्वमा गरि ३८ नयाँ संक्रमित फेला परेको शर्माले बताएका छन् ।

शर्माका अनुसार स्याङजामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवरपरासी पूर्वमा ४ जना संक्रमित फेला परेका हुन । संक्रमित सबै पुरुष हुन । उनीहरु सबैलाई सम्वन्धित जिल्लाका आइसोलेसन अस्पतालहरुमा लैजाने तयारी भइरहेको शर्माले बताएका छन् ।

यो संगै नपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ७३ पुगेको छ । त्यसमध्य ३६५ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय कोरोना निको नहुँदैपनि संक्रमितलाई डिस्चार्ज गर्न थालिएको हुँदा ३६५ जना सबै पूर्ण रुपमा संक्रमण मुक्त भएर घर गएकाहरु होइनन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *