दाङ, जेठ २५ । डोटीमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । युवक केआईसिंह गाउँपालिका वडा नं ३ को क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको आइतवार विहान ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतक ७ दिनअघि भारतबाट आएका थिए । युवालाई गएरातिदेखि समस्या देखिएपनि बर्षाका कारण बाटो बन्द भएका कारण गाडी र डाक्टर जान नसकेको जानकारी दिइएको छ । मृतकको आइतवार मात्रै स्वाव संकलन गरिने भएको छ । रिपोर्ट आएपछि मात्रै मृतकको अत्येष्टि गरिने भएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार