२०८१ बैशाख १९ गते बुधवार

बेलझुण्डीवाट डिस्चार्ज भएका १० मध्य ५ जनाको मात्रै रिपोर्ट नेगेटिभ

दाङ, जेठ २५ । दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचाररत दश जना आइतवार डिस्चार्ज भएर घर फर्किएका छन् । जिल्ला फोकल पर्सन कलम चन्दका अनुसार बाँके जिल्लाका ५ जना, बर्दियाका १ जना , कपिलबस्तुका २ जना र दाङका २ जना आइतवार डिस्चार्ज भएका हुन । दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १÷१ जना डिस्चार्ज भएका चन्दले जानकारी दिएका छन् ।

रिपोर्ट अनुसार डिस्चार्ज हुने मध्य दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ बर्षीय युवा कोरोना मुक्त छन् । त्यस्तै बाँकेको नरैनापुर गाउँपालिकाका थप ३ जना र बर्दियाका थप एकजनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका सदस्य सचिव डा. सर्शेश शर्माले जानकारीदिए । स्रोतका अनुसार आइतवार डिस्चार्ज भएका मध्य ५ जना परीक्षण रिपोर्ट नगेटिभ आएकाहरु हुन भने थप ५ जनाको भने रिपोर्ट पोजेटिभ नै रहेपनि डिस्चार्ज गरिएको छ । त्यसमध्य एकजना दाङको गढवा गाउँपालिकाका एक युवापनि, कपिलबस्तुको शिवराज गाउँपालिकाका अन्य छन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार रिपोर्ट पोजेटिभ नै रहेपनि थप ५ जनालाई डिस्चार्ज गरिएको डा. सर्वेश शर्माले जानकारी दिए । मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशनमा आइसोलेनमा १० दिन भन्दा बढी समय बस्दै आएका तर कुनैपनि लक्षण नभएका व्यक्तिहरुलाई डिस्चार्ज गर्न निर्देशिका जारी गरेको छ ।

कुनै लक्षण नभएका तर १० दिन भन्दा बढी समय आइसोलेनसमा बसेका विरामीवाट अरुमा कोरोना भाइरस सर्न नसक्दैन भन्ने मान्नेता अनुरुप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको छ । अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण ओलीले रिपोर्ट पोजेटिभ नै भएपछि डिस्चार्ज गरिएकाहरु अस्पतालमा १८÷१९ दिन बसेपनि कुनैपनि लक्षण नदेखिएकाहरु हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *