दाङ, जेठ २४ । धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भएको छ । जेठ २१ गते मृत्यु भएका डोटीका ५८ वर्षीय पुरूषमा पनि शनिवार कारोना पुष्टि भएको थियो । धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो। उनी मिगौलाकी विरामी थिइन ।
जेठ २१ गते राति २ बजे घरमै मृत्यु भएका डोटीका पुरूष दमका विरामी थिए ।
उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा बताएका हुन । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
एकैदिन ३ सय २३ संक्रमित थपिए
शनिबार देशभर कोरोना भाइरसका तीन सय २३ जना संक्रमित थपिएका छन् । त्यसमध्य २ सय ८६ जना पुरूष र ३७ जना महिला रहेको पत्रकार सम्मेलनमा डा. देवकोटाले बताएका छन् । नेपालमा यो संगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ।