२०८१ माघ २६ गते शनिवार

बिजौरीका उद्योगी व्यवसायी र प्रहरी प्रमुखबीच छलफल

बिजौरी, जेठ २४ । विजौरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा भर्खरै सरुवा भएर आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव वहादुर सिहबीच शनीवार लकडाउन तथा समग्र शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । छलफलका क्रममा आम नागरीकको जनजिविकालाइ सहज बनाउंदै लकडाउनलाइ भने पुर्ण रुपमा कार्यान्वयनगरी कोरोनाको संक्रमणको जोखिम न्युनिकरणतर्फ हातेमालो गर्ने सहमती भएको उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राकेश बस्नेतले बताएका छन् ।

छलफलका क्रममा कुनैपनि आपराधिक घटनाको जानकारी पाएको ५ मिनेटमै प्रहरी घटनास्थलमा पुग्ने तयारी भैसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सिहले बताएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यक्षेत्रभित्र रहेको एक उपमहानगरपालिका र ३ गाउपालिकाका जुनसुकै स्थानमा आपराधिक घटना भएको जानकारी पाएको अवस्थामा बढिमा ५ मिनेटभित्रै प्रहरी त्यहां पुगीसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव वहादुर सिंहले बताएका छन् । विजौरी उद्योग वाणिज्यसंघ संगको लकडाउनको कार्यान्वयन तथा सामाजिक अपराध न्युनिकरणका विषयमा सनीवार भएको छलफल कार्यक्रममा इलाका प्रहरी प्रमुख सिंहले यस्तो अभिव्यक्ति दिए । ‘खवर मात्र समयमा गर्नुस्, तपाइ जहां हुनुहुन्छ, त्यसकै आसपासमा प्रहरी पनि छ, खवर पाएको दुइ देखि बढिमा ५ मिनेटभित्रै प्रहरी घटनास्थल पुग्ने छ’—छलफलका क्रममा डिएसपी सिंहले भने ।

तुलसीपुर बजारमा लकडाउनलाइ नकारात्मक प्रभाव नपार्नेगरी अत्यावस्यक पशलहरु खोल्ने तालिका सार्वजनिक भएसंगै विजौरी बजारमा पनि जनजिविकालाइ सहज बनाउनकालागी अत्यावस्यक उपभोग्य बस्तुको सहज आपुर्ति व्यवस्थापनकालागी भएको छलफल कार्यक्रममा विजौरीमा पनि तुलसीपुर बजारकै तालिका अनुसार पशल खोल्ने सहमती पनि भएको छ । ‘सामाजिक दुरी कायमगर्दै महामारीको संक्रमण फैलने विषयमा सचेत भएर पशलहरु खोल्ने व्यवस्थापन गर्नुुस्, त्यसमा प्रहरीले समन्वयकारी भुमिका निर्वाह गर्ने छ’, डिएसपी सिंहले भने । कार्यक्रममा विजौरी क्षेत्रको समग्र शान्तिसुरक्षाका विषयमा पनि छलफल भएको थियो । विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगीले घोराही तथा तुलसीपुर क्षेत्रमा आपराधिक घटनाहरु घटेपनि लुक्ने स्थान विजौरी भएको भन्दै यसमा विशेष ध्यान दिन पनि सुरक्षा निकायलाइ ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा प्रहरी प्रमुख सिंहले अपराधिलाइ स्थानियले आश्रय नदिए लुक्नै नपाउने भन्दै कुनैपनि आपराधिक घटनामा संलग्न हुनेलाइ संरक्षण र आश्रय नदिन आग्रह गरेका थिए ।

सोहि अवसरमा प्रहरी प्रमुख सिंहले आफ्नो माताहतका क्षेत्रमा हुने आपराधिक क्रियाकलाप हुने स्थानहरुको नक्सांकन गरी एक्शन प्लान बनाउन पनि आफु लागीसकेको अभिव्यक्ति दिएका थिए । छलफलका क्रममा विजौरी क्षेत्रका तीन वटा बैंक र एउटा आइएमइ सन्चालनमा आइरहेकाले ती सवै क्षेत्र साताको ६ दिनै विहान १० बजेदेखि दिउसो २ बजेसम्म सेवा दिने सहमती पनि भएको छ । बैंक तथा वित्तिय संस्थामा हुने भिडभाडलाइ व्यवस्थीत गरी सामाजिक दुरी कायम गरेर सेवा प्रदानगर्ने व्यवस्था स्थानिय प्रहरीले मिलाउने पनि छलफलमा सहमती भएको छ । छलफलका क्रममा अध्यक्ष योगी सहित उपाध्यक्ष वालकृष्ण रेग्मी, दुर्गा बस्नेत, महासचिव विदुर गौतम,कोषाध्यक्ष चित्र वहादुर खड्का, प्रेस संयोजक राकेश बस्नेत लगायतको सहभागिता रहेको थियो ।

पसल खुल्ने समय तालिका
यसैबीच इलाका प्रहरी कार्यालय र विजौरी उद्योग बाणिज्यसंघका प्रतिनिधिहरुबीच भएको सहमती अनुसार विजौरी बजारमा सोमवार मंगलवार, बुधवार र शुक्रवार दैनिक उपभोग्य सामाग्रिहरु खाद्यान्न, किराना पसल, मासु पसल तथा निर्माण सामाग्रीका पसलहरु खुल्ने छन् ।
त्यसै गरि आइतवार र विहिवार कपडा पसल, फेन्सी पशल, जुत्ताचप्पल पसल, पुस्तक पसल, फर्निचर पसल, सुनचांदी पसल तथा शिशा र प्लाइ पसल सन्चालनमा आउने छन् । तर अर्को व्यवस्था नभएसम्मकालागी सिनेमा हल, जिमखाना, फुटशल, नाई तथा होटल रेष्टुरेन्टहरु भने सन्चालनमा आउने छैनन् ।

औषधि पसलहरु तथा एग्रोभेटहरु भने साताभरीनै खुल्ने छन् । माथि उल्लिखित पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने छन् भने विहान १० बजेदेखि दिउसो २ बजेसम्म भने बैंक तथा वित्तिय संस्थाहरु मात्र सन्चालनमा आउने छन् । जसले गर्दा बजारमा भिडभाडको अवस्था कमहुने तथा सामाजिक दुरी कायमगर्न पनि सहज हुने अपेक्षा उद्योगी व्यवसायी तथा सुरक्षा अधिकारीहरुले गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *