काठमाडौं, जेठ २४ । शनिवार विहान विभिन्न जिल्लामा गरि ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. ५ मा १९ र २९ बर्षका दूईजना र वडा नं. ६ मा २३,३६ बर्षका दुई जना पुरुषमा संक्रमन पुष्टि भएको हो । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७९ पुगेको जिल्ला जनश्वास्थ्य कार्यालयका पदाधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा शनिवार विहान १७ जना संक्रमित थपिएका छन । स्याङ्जामा १० , कास्कीमा ३ , नवलपुरमा ३ र बाग्लुङमा १ जना नयाँ संक्रमित थपिएका छन् । स्याङ्जाको वालिङ नगरपालिकामा १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ बर्षका पुरुषहरमा संक्रमन भेटिएको छ । स्याङ्जाको हरिनास गाउँपालिकाका १८ र ४० का थप दूई जनामा पनि संक्रमन भेटिएको छ ।
त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिकाका ३९ का १ जना, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ बर्षका दुई जना, नवलपुरको बिनय त्रिवेणी गाउँपालिकाका बर्ष १८, १९ र २७ का तीन जनामा पुरुषमा पनि संक्रमन पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।