दाङ, जेठ २३ । दाङको लमहीका एक युवालाई कोरोना शुक्रवार संक्रमन पुष्टि भएको छ ।लमही नगरपालिका वडा नम्बर ८ का २२ बर्षीय युवालाई संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको परीक्षणमा ती युवालाई कोरोना संक्रमन भेटिएको हो ।
उनी लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाको क्वारेन्टिनमा बसेका व्यक्ति हुन । उक्त क्वारेन्टाइनमा बसेका ५० जनामध्ये यसअघि थप ८ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । यो सँगै लमहीमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार