२०८१ माघ २६ गते शनिवार

प्रहरीलाई ढुंगा हान्ने बाबु छोराविरुद्ध सार्वजनिक मुद्दा

तुलसीपुर, जेठ २३ । मापसे चेकजाँचमा खटिएका प्रहरी प्रमुखलाई ढुंगा हाल्ने बाबु छोरा विरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि बिहीबार राति साढे १० बजे बाबु छोराले ढुंगाले हानेका थिए ।

बबई गाउँपालिका वडा नं. ६ का ४५ वर्षीय चित्रबहादुर डाँगी र उनका छोरा २७ वर्र्षीय छोरा हेमलाल डाँगीका विरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । बाबुछोरा मापसे गरी हो–हल्ला गर्दै आउँदा प्रहरीले संझाउन खोज्दा उनीहरुले प्रहरी निरीक्षक केसीको टाउकोमा ढुँगाले प्रहार गरि घाइते बनाएको इलाका प्रहरी कार्यालय तलसीपुरका प्रबक्ता चक्रडम्मर पालले जानकारी दिएका छन् ।

घाइते प्रहरी निरिक्षक केसी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि काममा फर्कि सकेका छन् । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *