दाङ, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा शुक्रवार दाङ धर्नाको नैनवार बगरमा बृक्षरोपण गरिएको छ । बबई खोलाले कटान गरेर छाडेको १६ हेक्टर भन्दा बढी बगरलाई सामुदायिक वनको रुपमा विकास गर्न स्थानीयले बृक्षरोपण गरेका हुन । डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियान अन्तरगत नैनवार बगरमा ६ सय बढी बोट विरुवा रोपिएको वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । त्यहाँ सिसौ, सिमल, खयर, अमला प्रजातिका बाटे विरुवा रोपिएको उनले बताए ।
४० हेक्टर बगरलाई वन बनाउने योजना
यो बर्ष थप ४० हेक्टर वगरलाई वन बनाउने योजना अघि सारिएको छ । बबई नदी तथा अन्य खोलाहरुले कटान गरेर छाडेको बगर क्षेत्रलाई बृक्षरोण गरी हरियाली बनाउने योजना अनुसार काम हुने डिभिजन वन अधिकृत ज्ञवालीले बताए । बगरलाई बन वनाउने अभियान गत वर्षदेखि सुरु भएको हो । गत वर्ष करिव ४० हेक्टर बगर क्षेत्रमा बिरुवा रोपिएको थियो । ती हुर्कदै गएको हुँदा आफूहरु उत्हाहित भएको ज्ञवालीले बताए
२ लाख बिरुवा तयार
यो बर्ष बृक्षरोणका लागि २ लाख बिरुवा तयारी अवस्थामा रहेको कार्यालयले जानकारी दिएको छ । पहाडी क्षेत्रमा टिमुर, मालागेडी लगायतका प्रजातिका बिरुवालाई बिशेष प्राथमिकताका साथा रोप्ने योजना रहेको प्रमुख ज्ञवालीले बताए ।