२०८१ फाल्गुन ६ गते मङ्गलवार

कपिलबस्तुमा थपिए ४४ संक्रमित


कपिलबस्तु, जेठ २३ । कपिलबस्तु जिल्लामा थप ४४ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा २९ र महाराजगंज नगरपालिकाका १५ गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो। यो संगै यशोधरा गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको छ। यो गाउँपालिकाका सबै संक्रमित वडा नं. ७ का हुन ।

जहाँ ८ महिनाको बालकदेखि ५२ वर्षसम्मका पुरुषमा संक्रमण पुष्टि भएको छ । महाराजगञ्ज नगरपालिकाको वडा नं. १० का १३ जना र वडा नं. ९ का २ जना गरी १५ जना पुरुषमा संक्रमण भेटिएको छ । संक्रमित सबै पुरुष रहेको र उनीहरुको उमेर १६ देखि ४८ वर्ष रहेको छ । महाराजगंज नगरपालिकामा यो संगै कुल ६५ जनामा संक्रमित पुष्टि भएको छ ।

कपिलवस्तु जिल्लामा मात्रै संक्रमितको संख्या शुक्रवार सम्म ४ सय ७५ पुगेको छ भने ३२ जना कोरोना मुक्त भएर घर गएका छन् । शुक्रवार फेला परेका एक अर्का संक्रमित भने गुल्मी जिल्लाका हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *