तुलसीपुर, जेठ २३ । तुलसीपुरमा थप आइलेसन वार्ड निर्माण प्रक्रिया अगाडि वढेको छ । नेपाली सेनाले ती वार्डहरु निर्माण गर्ने भएको छ । कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले पहिलो चरणमा ५० वार्डका आइसोलेसन निर्माण गर्ने गरि काम अगाडी वढेको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए ।
आइसोलेसन वार्डहरु निर्माणगर्न लामिछानेको संयोजकत्वमा एक समिति निर्माण गरिएको छ । जसको सदस्यमा १९ नम्वर वाहिनी र तुलसीपुरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका पदाधिकारी रहेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघकधो दोघरेस्थित सभाहलमा २५ बेड र राप्ती लाइफ केयर हस्पिटलका राजापुरको भवनमा थप आइसोलेसन बेडहरु निर्माण गरिने भएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार