दाङ,जेठ २४ । तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स लागुऔषध ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निबासी २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थपा रहेका छन ।
उनीहरूको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
उनिहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको खुल्न आएको छ । ईलाका प्रहरी कार्यलय तुल्सीपुरका प्रमुख शिव बहादुर सिङ्ह ले लागुऔषद सहित एम्बुलेन्स समातिएको बताए । थप अनुसन्धान भइरहेको बताए । उनीहरूको म्याद थपका लागि जिल्ला अदालत मा लगिएको बताए ।