जेठ २३।शुक्रबार राति साढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारीअनुसार सन् २०२०को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द्रग्रहण भएको सोसाइटीले जानकारी दिएको छ ।
‘सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ,’ चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यसमा बिरल छाँया पर्ने हुनाले यसलाई पेनम्ब्रल भनिएको हो।’ छाँया दुई प्रकारको हुन्छन्: सघन र बिरल। साथै पेनम्ब्रल चन्द्रग्रहणबारे नेपाली पात्रोमा पनि समावेश गरिएको पाइँदैन।
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार