२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा संक्रमितको संख्या ७३ पग्यो, बिहीबार १५ जना थपिए

तुलसीपुर, जेठ २२ । दाङमा बिहीबार थप १५ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर बिधिाट गरिएको परिक्षणमा ३ गाउँपालिका र घोराही नगरका गरि १५ जना नयाँ संक्रमित थपिएका हुन ।

संक्रमित मध्य बबई गाउँपालिका डा नं. ५ का १९ बर्षीय एक युबा, राजपुर गाउँपालिकाका वडा नं. २, ३ र ४ का ३ जना पुरुष, बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ का ६ जना र घोराही उपमहानगरपालिका वडा नं २ र ९ का ५ जना गरि १५ जना नयाँ संक्रमित फेला परेका हुन । संक्रमितहरु १६ वर्षदेखि ३६ वर्षसम्म उमेर समुहका छन् ।

त्यसमध्य बंगलाचुली गाउँपालिकाकी २३ बर्षीया महिलामा पनि संक्रमन देखिएको छ । नयाँ फेला परेका संक्रमित सबै छिमेकी देश भारतका बिभिन्न स्थानाट आएर स्थानीय पालिकाहरुले निर्माण गरेका क्बारेन्टिनहरुमा बस्दै आएकाहरु हुन । दाङका कोरोना फोकल पर्सन कमल चन्दले बिहीबारसम्म जिल्लामा संक्रमितको संख्या ७३ जना पुगेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *