
दाङ, जेठ २२ । बिहीबार दाङमा १५ जनासहित नेपालमा २९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दाङको बबई, बंगलाचुली, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकामा गरि बिहीबार १५ जना नयाँ संक्रमित फेला परेका हुन । संक्रमित मध्य एकजना २३ बर्षीया महिला छिन भने १४ जना पुरुष १६ देखि ३६ बर्ष उमेर समुहका छन् ।
यसैबीच नेपालमा बितेको २४ घन्टामा ३३४ जना कोरोना संक्रमित थपिएका छन् पछिल्लो २४ घण्टामा दाङमा १५, बाँकेमा ४२, कपिलवस्तुमा २९, दैलेखमा ११३, रौतहटमा ६४,सप्तरीका १३, बाराका १२ जना नयाँ संक्रमित थपिएका छन् ।त्यस्तै बाग्लुङमा १०, धनुषामा ६, झापामा ५, पर्वतमा ४, महोत्तरीमा ३, सर्लाहीमा ३, डोटीमा ३, खोटाङमा ३, मोरङमा १, पर्सामा १, ताप्लेजुङमा १, सुनसरीमा १, सिन्धुलीमा १, रौतहटमा १, म्याग्दीमा १, स्याङ्जामा १, मुगुमा १ जना गरि एकै दिन ३३४ कोरोना संक्रमित थपिएका हुन । योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ। तीमध्ये २९० जना उपचारपछि घर गएका छन् भने १० जनाको मृत्यु भएको छ।