२०८१ माघ ९ गते बुधवार

क्वारेन्टिनवाट घर फर्केपछि एक युवाको मृत्यु

सुर्खेत, जेठ २२ । सुर्खेतमा क्वारेन्टिनवाट घर गएपछि एक युवाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा विहीवार बिहान मृत्यु भएको छ । उनी जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर बुधवार बेलुका मात्रै घर फर्किएका व्यक्ति हुन ।

जेठ ९ गते भारतको मुम्बइबाट आएका बुधबार साढे ४ बजे आरडिटी जाँचको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । गएराति मध्यरातमा घर पुगेका ती युवकको विहीवार विहान २ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको पिसिआर विधिवाट परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *