
दाङ, जेठ २२ । नेपालमा विहीवार विहान थप १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित संख्या २३१६ पुगेको छ। बुधवार बेलुका सम्म नेपालमा २७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यसमध्य ९ जनाको मृत्यु भएको छ।
विहीवार विहान बाग्लुङमा १०, पर्वतमा ४ , स्याङ्जामा १ र म्याग्दीमा १ जना नयाँ संक्रमित थपिएका हुन । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको परिक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भएको हो।
नयाँ संक्रमितहरुमा बाग्लुङको निसीखोला गाउँपालिकाका २२ र २९ बर्षीय पुरुषहरु र वर्षीया ३३ का १ जना महिला रहेका छन् । त्यस्तै जिल्लाको बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ का पुरुषहरु रहेका छन् । जिल्लाकै गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुषमा पनि संक्रमन पुष्टि भएको छ । त्यसैगरी पर्वतको जिल्लाको फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका वर्ष २१ का दुई जना पुरुष, बिहादी गाउँपालिका घर भई कुश्माकै क्वारेनटाइनमा बसेका बर्ष २४ र २८ का २ जना गरी पर्वतमा ४ जना नयाँ संक्रमित पुष्टि भएको छ ।
म्याग्दीको मंगला गाउँपालकाको क्वारेनटाइनमा रहेका १९ बर्षका १ जना र स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको क्वारेनटाइनमा रहेका १८ बर्षे १ जना पुरुषमापनि संक्रमण पुष्टि भएको छ।यो संगै विहीवार विहानसम्म गण्डकी प्रदेशमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अब गण्डकीमा संक्रमितको संख्या ५४ जना पुगेको छ। यो प्रदेशमा हालसम ३ जना उपचारपछि घर फर्किएका छन् ।