तुलसीपुर, जेठ २१ । घोराही लमही सडक खण्डको मसोटमा बुधवार बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।पतिपत्नि गम्भीर घाइते भएका छन् ।
बुधवार बेलुका सवा ५ बजेतिर घोराहीवाट लमहीतर्फ जाँदै गरेको टिबी ० ५ डब्लू ७७३३ रहेको भारतीय नम्वर प्लेटको ट्रकले एकैदिशातर्फ गइरहेको रा ४ प ४१६६ नम्वरको मोटरसाईकललाई घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित मसोटमा पछाडिबाट ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बतन नखुलेका भारतीय नम्वर प्लेटको ट्रकका चालक भलदेव सिंहको घटनास्थलमै मृत्यु भएको छ ।उक्त दुर्घटनामापरि मोटरसाईकलमा सवार दाङको लमही नगरपालिका वडा नं. ४ निवासी २६ बर्षीय भगवानदिन चौधरी र उनकी २७ बर्षीया पत्नि रञ्जना चौधरी घाइते भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।
घाइते पति पत्निको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । मोटरसाईकल चालक भगवानदिनको खुट्टामा रउनकी पत्नि रञ्जनाको टाउकोमा चोट रहेको प्रहरीले बताएको छ ।
दुर्घटनाका कारण ट्रक र मोटरसाईकल १५ मिटर तल खसेका छन् । दुर्घटनाको खवर पाए लगतै प्रहरीले घाइतेको उद्धार गरेर अस्पतालपुर्याएको थियो ।