२०८१ कार्तिक २३ गते शुक्रवार

नेपालमा थप एकजनाको कोरोना संक्रमनवाट मृत्यु

दाङ, जेठ २१ । नेपालमा थप एकजनामा कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा भिमेश्वर नगरपालिका वडा नं. २ का ७६ वर्षीय ती जेष्ट नागरिकको बुधवार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले जानकारी दिए । महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उनको उपचार भइरहेको थियो।

ती व्यक्ति जेठ १३ गते अस्पताल भर्ना भएका थिए । उनको न्यूरो सर्जरी (सल्यक्रिया) गरेपछि जेठ १५ गते कोरोना संक्रमन पुष्टि भएको थियो । यो संगै नेपालमा कोराना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट मंगलवार राति उनलाई टिचिङमा ल्याइएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *