२०७८ बैशाख २५ गते शनिवार

नेत्रलाल मार्ग कालोपत्रे हुने

दाङ, जेठ २१ । सहिद नेत्रलाल अभागीको स्मृतिमा निर्मित नेत्र मार्ग कालोपत्रे हुने भएको हो । संघीय सरकारको १ करोड बजेटमा घोराही–६ र ५ जोड्ने नेत्र मार्ग कालोपत्रे हुन लागेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ ।

सडक कालोपत्रेका लक्ष्मी निर्माण सेवालाई ठेक्का परेको भन्दै कार्यालयका इञ्जिनियर अमिर सुवेदीले असोजभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गर्न पत्राचार गरिएको बताए । प्रतिनिधि सभाका सांसद विष्णु पौडेलको सक्रियतामा घोराही–१६ खिरट्टेस्थित पूर्व–पश्चिम दामोदर मार्गदेखि घोराही–६ लखुवार हुँदै घोराही–६ कप्तान चोक जोड्ने ५ किलोमिटरको नेत्र मार्ग कालोपत्रे हुन लागेको हो ।

दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर सहिद नेत्रलाल अभागीको जन्मस्थल धर्ना जोड्ने सडकका रुपमा रहेको नेत्र मार्ग कालोपत्रे नहुँदा वर्षातको समयमा स्थानीयलाई आवात जावातमा समस्या हुँदै आएको थियो । यसैबीच उक्त सडकमा पर्ने बबई नदीको पुल निर्माणको कार्यपनि सुरु हुने भएको छ । सांसद विष्णु पौडेलले घोराही–६ को लखुवार र वडानम्वर ५ को खैरीगनार जोड्ने बबई नदीमा पुल निर्माणको प्रक्रिया सुरु हुन लागेको बताए । चालु आर्थिक वर्षको १३ करोडको बजेटबाट पुल निर्माण हुने सांसद पौडेलले बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *