२०८१ बैशाख १३ गते बिहिवार

दाङका कोरोना संक्रमित युवाको अवस्था जटिल

बुटवल, जेठ २१ । कोरोना भाइरस र डेंगीरोगबाट ग्रसित दाङका युवाको अवस्था थप जटिल बन्दै गएको छ । दाङको बबई गाउँपालिका वडा नं. ६ का ३० वर्षीय ती युवाको बुटवल कोरोना आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ ।

ती युवालाई कोरोना र डेंगीको संक्रमणसँगै ज्वरो र निमोनिया समेत देखिएको हुँदा अवस्था जटिल बन्दै जान थालेको अस्पताल प्रशासनले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ती युवालाई दाङको बेलझुण्डी अस्पतालबाट मंगलबार बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा रिफर गरिएको थियो। ती युवा जेठ महिनामा भारतवाट आएका हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *