शरद रेग्मी, दाङ, मंसीर ११ ।
सरकारले तोकेको समयमा निर्माणको काम सम्पन्न हुन नसके त्यसको पुनः म्याद थप नहुने व्यवस्थाको तयारी भएको छ । नेपाल निर्माण व्यवसायी महांसंघ प्रदेश नंवर ५ को प्रथम अधिवेशनको पुर्वसन्ध्यामा यस संबन्धि कार्यविधि निर्माण हुन
थालेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
‘आसन्न प्रदेश अधिवेशनमा तोकिएको संझौता मितिमा काम नसके त्यसको म्याद थप गर्ने प्रावधान हटाउन निर्माण व्यवसायीहरुको प्रदेश कार्यविधि बनाउंदै छौं’—नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नंवर ५ का अध्यक्ष वलिभद्र रानाले रिपोटर्श क्लव दाङले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा भने । तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेक्कामा पनि राज्यले पटक पटक भेरिफिकेशन गरी म्यादथप गर्दै आएकाले दण्डहिनता मौलाएको पनि निर्माण व्यवसायी महासंघको ठहर रहेको छ । जसले तोकिएको समयमा विकाश निर्माणका कामहरु सम्पन्न हुन सकेका छैनन् ।
त्यसैगरी प्रदेश अधिवेशनले ५ करोड सम्मको ठेक्का संबन्धित जिल्लाका निर्माण व्यवसायीले मात्र पाउने तथा ३५ करोड भन्दा माथिका ठेक्कामा एक जना निर्माण व्यवसायी संबन्धित जिल्लाको तथा अर्को लगानीकर्ता अर्का व्यवसायी समेत रहन सक्ने गरी कार्यविधि बनाउने तयारी भएको समेत पत्रकार सम्मेलनमा बताइएको छ । रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष रानाले भने ‘सवै क्षेत्रमा क्रियाशिल निर्माण व्यवसायीहरुलाइ विकाश निर्माणमा समानुपातिक र अर्थपुर्ण सहभागिताकालागी यस्तो कार्यविधि बनाउने एजेण्डालाइ प्रदेश अधिवेशनबाट अनुमोदन गराइने छ’ ।
त्यसैगरी केहि झोले व्यवसायीहरुका कारण अव नयां लाइसेन्स दिने प्रक्रिया र नविकरण प्रक्रिया समेत प्रदेशस्तरीय महासंघको सिफारीसमा हुनेगरी निर्माण व्यवसायी विधान बनाउन लागीएको पनि पत्रकार सम्मेलनमा बताइएको छ । हैसियत नभएका निर्माण व्यवसायीलाइ निर्माणको जिम्मा दिंदा तोकिएको समयमा गुणस्तरीय काम हुन नसकेकाले यसको भागिदार आम निर्माण व्यवसायीले हुनुपर्ने बताउंदै अव निर्माण व्यवसायी संघमा पनि सुद्धिकरण अभियान सन्चालन गरीने पनि अध्यक्ष रानाले बताएका छन् ।
नेपाल सरकारले अदालतमा मुद्धा परीरहेका, सधियारका समस्या व्यक्तिगत जग्गाको समस्या भएका स्थानमा समेत सडक तथा पुलपुलेसा निर्माणका ठेक्का खोलिंदिंदा निर्माण व्यवसायीहरुले निकै समस्या भोग्दै आएको स्मरण गर्दै अध्यक्ष रानाले राज्यले अव विवादरहित स्थानमा मात्र ठेक्का खोल्नुपर्ने बताए । त्यस विषयलाइ पनि प्रदेश अधिवेशनमा एजेण्डाका रुपमा लैजाने बताइएको छ । त्यसैगरी अव निर्माण व्यवसायी संघलाइ राजनितिमुक्त बनाउन समेत प्रदेश अधिवेशनले महत्वपुर्ण कार्यविधि निर्माण गर्ने पनि बताइएको छ । सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियशनले विकाश निर्माणमा ढिलासुस्तीको अवस्था अन्त्यगरी मुलुकको समृद्धिको अभियानलाइ सहयोग गर्न निर्माण व्यवसायीहरुलाइ आग्रह गरे ।
अधिवेशनको तयारी पुरा
यसैबीच नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नंवर ५ को प्रथम अधिवेशनको संपुर्ण तयारी पुरा भएको आतिथ्य संस्था नेपाल निर्माण व्यवसायी संघ दाङले जनाएको छ । अधिवेशनको पुर्वसन्ध्यामा प्रदेश नंवर ५ का बाह्रै जिल्लाका
प्रतिनिधिहरु दाङ आइपुगेका छन् । घोराहीको मालाइन होटलमा संपन्न हुने अधिवेशनको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले गर्ने बताइएको छ । प्रतिनिधि र पर्यवेक्षक गरी कम्तिमा ३ सय जना निर्माण व्यवसायीहरु प्रदेश अधिवेशनमा
सहभागि हुने छन् । अधिवेशनले निर्विरोध रुपमा नयां नेतृत्व चयनको प्रयास थालिसकेको छ भने विधान मस्यौदा तयार गर्न समेत भिन्नै समिति समेत बनिसकेको आतिथ्य संस्था निर्माण व्यवसायी संघ दाङले जनाएको छ । साथै अधिवेशनले विधान मस्यौदा समितिले बनाएको विधान समेत पारीत गर्ने बताइएको छ ।