
जेठ २१। अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भोलि देखि वर्षा हुनेछ। चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ । नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार