२०८२ माघ ५ गते सोमवार

रुकुम काण्ड – १० दिन पछि फेला पर्यो शाहीको शव

दाङ, जेठ २० रुकुमको चौरजाहारी काण्डपछि भेरी नदीमा बेपत्ता एक किशोरको शव दश दिनपछि मंगलवार फेला परेको छ।जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ का  १७ बर्षीय गोवन्द शाहीको शव  भेरी नगरपालिका१२ स्थित खोदा खोला नजिकै भेरीनदीको किनारमा फेला परेको हो

जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोरकुमार  श्रेष्ठले शाहीको शव फेला परेको जानकारी दिएका हुन शाहीपनि नवराज विकसंगैजेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका स्थित सोती गाउँ पुगेका थिए सोती गाउँका  स्थानीयले लखेटेपछि ज्यानजोगाउन भेरी नदीमा हाम फालेकामध्ये विकसहित जनाको मृत्यु भएको नदीमा हाम नफालेका थप १२ जना घाइते भएका छन्

जाजरकोटबाट केटी भगाउन भनी चौरजाहरीको  सोती गाउँ पुगेका २१ वर्षीय नवराज विक सोही राति भेरी नदीमा मृत भेटिएका थिए। १२गते चौरजहारी नगरपालिका का २० वर्षीय टिकाराम सुनारको शव फेला परेको थियो दोस्रो दिन  जाजरकोटका गणेश बुढाको शवभेटिएको थियो। जेठ १४ गते बेलुका भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव फेला परेको थियो भने जेठ १५ गते भेरी नगरपालिकाका सञ्जु विकको शव भेटिएको थियो।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *