२०८१ माघ ९ गते बुधवार

रोल्पाका किसानले बस्तुभाउलाई तरकारी खुवाउन थाले


नन्दराम खड्का,
होलेरी जेठ २० । रोल्पाका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बस्तुभाउलाई कुँडो बनाएर दिन थालेका छन् ।उत्पादित तरकारीले बजारमा भाउ नपाउदा किसानले तरकारी बस्तुभाउलाई खुवाउन लागेका हुन ।रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ फोर्सबाङ गाउँका किसालने उत्पादिन तरकारीले बजार नपाएपछि बस्तु भाउलाई खुवाउनु परेको बताएका छन् ।

टमाटर,गोपी, खुर्नानी लगाएको तरकारीले बजार नपाउँदा खेतवारीमै कुहिन थालेपछि बस्तुभाउलाई खुवाउन थालेका हुन । स्थानीय चन्द्र बोहराले लगानी समेत नउठ्ने र यसले किसानलाई झनै गरिबीको खाडलमा धकेलेको बताए । सिजन भरी दुःख गरेर उत्पादन गरेको तरकारीले बजार नपाउनु र गाइबस्तुलाई खुवाउनु पर्ने अवस्थाले खेत गर्नु र बाँझै जमिन छोड्नुमा कुनै भिन्नता नरहेको उनले बताए ।

कृषक भोजराज यरीले किसानको दुःख पसिनालाई बजार व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदिएको गुनासो गरे । रुन्टीगढी गाउँपालिकामा स्थानीय उत्पादनलाई खपत गर्न बाहिबाट आउने तरकारीलाई प्रतिबन्ध लगाइएको छ । गाउँपालिका अध्यक्ष बालाराम बुढाले तरपनि किसानको उत्पादनले बजार नपाउनुमा लकडाउनलाई कारक मान्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *