दाङ, जेठ २० । दाङका एकजना कोरोना संक्रमितलाई असजिलो भएपछि बुटवल रेफर गरिएको छ । बबई गाउँपालिका वडा नं. ६ का ३० बर्षीय डेँगीका संक्रमित समेत रहेका युवालाई मंगलवार दिउँसो बुटवल धागो कोरोना विषेश अस्पतालमा रेफर गरिएको छ ।
अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले डेंगीका विरामी समेत रहेका ती युवालाई ज्वरो बढ्दै जान थालेको हुँदा रेफर मंगलवार दिउँसो रेफर गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार