२०८१ बैशाख ८ गते शनिवार

नेपालमा संक्रमितको संख्या २१ सय पुग्दै, एकैदिन २८८ जना थपिए

दाङ, जेठ, २० । नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मको सबैभन्दा धेरै हो । मंगलबार दाङमा ८, रौतहटमा ७४,सर्लाहीमा २१, सिरहामा १७, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानमा १८ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै अछाममा १०, बारामा १, प्युठानमा १, कन्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६, महोत्तरीमा २, भक्तपुरमा १, धादिङमा १, कपिलवस्तुमा १६, स्याङ्जामा ५, पर्वतमा ५, सप्तरीमा १, बर्दियामा ३ जना संक्रमित थपिएका छ्न ।

त्यस्तै काठमाडौं मेडिकल कलेजमा ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । ८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *