तुलसीपुर, जेठ २० । दाङ जिल्लामा मंगलवारसम्म ५१ जनामा संक्रमन पुष्टि भएको छ । त्यसमध्य गढवाका १ जना भने उपचार पछि कोरोना मुक्त भएर घर गइसकेका छन् । यसमा काठमाडौंमा फेला परेका २ जनालाई जोडिएको छैन ।
त्यो समेत जोड्दा दाङका कुल संक्रमितको संख्या ५३ पुग्ने बेलझुण्डी अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले जानकारी दिए । ठमाडौंमा संक्रमन फेला परेका मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरका १ जना भने उपचार पछि निको भएर घर आइसकेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ९ का एक संक्रमित भने काठमाडौंमै उपचाररत छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार