२०८० चैत्र ६ गते मङ्गलवार

मंगलवारपनि दाङमा ८ र प्यूठानमा १ जना नयाँ संक्रमित थपिए

तुलसीपुर, जेठ २० । दाङमा मंगलवारपनि ८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । बंगलाचुली गाउँपालिकामा ६ र राप्ती गाउँपालिकामा २ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । एकजना संक्रमित भने प्यूठान जिल्लाका हुन । बंगलाचुली गाउँपालिका वडा नं. ७ का २९ बर्षीय एकजना र वडा नं. ५ का १९,२७,३१,३२,५४ बर्षीय ५ जना पुरुषमा पनि कोरोना संक्रमन भेटिएको छ । २९ बर्षीय संक्रमित सरस्वति मावि जवरकोटको क्वारेन्टिनमा बसेका थिए भने थप ५ जना संक्रमित सुडा मावि झेलनेटाको क्वारेन्टिनमा बसेकाहरु हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जारी गरेको विज्ञप्तिमा राप्ती गाउँपालिका वडा नं. १ का १८ बर्षीय १ जना, वडा नं. ९ का ५५ बर्षीय १ जना पुरुष रहेका छन् । देवका अनुसार १८ बर्षीय युवक नवप्रतिभा आधारभूत विद्यालय र ५५ बर्षीय पुरुष आदर्ष माविको क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन ।

प्यूठान जिल्लाका संक्रमित स्वर्गद्धारी नगरपालिका वडा नं. ४ का ५९ बर्षीय पुरुष हुन । उनी अमर क्याम्पसमा निर्मित क्वारेन्टिनमा बसेका थिए । प्रतिष्ठानका अनुसार मंगलवार पहिचान भएका दाङका ८ र प्यूठानका १ जना छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन । प्रतिष्ठानमा हालसम्म ३ हजार २२ जनाको पिसिआर विधिवाट परीक्षण गरिएकोमा विभिन्न जिल्लाका गरि १२४ जनामा संक्रमन पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *