२०७८ जेष्ठ ४ गते मङ्गलवार

घोराहीमा ११ बर्षीया बालिकासहित ९ संक्रमित थपिए


तुलसीपुर, जेठ २० । दाङमा सोमवार थप नौं जनामा कोरोना संक्रमण भेटिएको छ । फेला परेका संक्रमित सबै घोराही उपमहानगरपालिकाका हुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका ९ नजना व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

घोराही –१ का ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन । घोराही–२ का २६,४०,४५ र ४६ बर्षीय पुरुष र १९ बर्षीया एक युवतीमा कोरोना भेटिएको छ । त्यस्तै घोराही–५ का ५३ बर्षीय पुरुष र घोराही–१७ का २० बर्षीय पुरुषमा पनि कोरोना भेटिएको छ ।
संक्रमितहरु सबै केही दिन पहिले छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट संकलित २३२ नमूना परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । पछिल्लो पटक ९ जनामा कोेरोना संक्रमित थपिएसंगै दाङ जिल्लामा संक्रमितको संख्या ४३ पुगेको छ । घोराहीमा संक्रमितको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *