२०८१ बैशाख ६ गते बिहिवार

नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना नयाँ संक्रमित थपिए


दाङ, जेठ १९ । नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा उनीहरुमा संक्रमन पुष्टि भएको हो । दाङका ९, सल्यानमा १०, सुर्खेतमा ५, कपिलवस्तुमा ४०, बाँकेमा ७ जना संक्रमित थपिएको देवकोटाले नियमित पत्रकार सम्ेलनमा सोमवार जानकारी दिए ।

त्यस्तै रौतहटमा १८, झापामा २, नवलपरासीका ३, दैलेखमा ४१, जुम्लामा १९, धनुषामा ७, महोत्तरीमा २, मकवानपुरमा १, सर्लाहीमा ३८, सिरहामा ५, उदयपुरमा १, अछाममा १, कैलालीमा १४, बैतडीमा १, डोटीमा १, कञ्चनपुरमा १ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। तीमध्ये २२१ जना उपचारपछि घर छन् । ८ जनाको भने मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा नेपालमा सबै भन्दा बढी संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *