दाङ, जेठ १९ । कर्णाली प्रदेशमा दुई जना सुरक्षाकर्मीसहित ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमवार प्रदेश अस्पतालसुर्खेतमा पिसिआर विधिवाट गरिएको परीक्षणमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ गरी ७५जना नयाँ संक्रमित थपिएका हुन । त्यसमध्य दूई जना सुरक्षाकर्मी समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षीय दुई प्रहरीलाई संक्रमण देखिएको छ ।
थपिएका ४३ नयाँ कोरोना संक्रमितमध्ये १९ जना जुम्ला र २४ जना दैलेखका रहेका छन् । जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६, ७ का ३६, ६३, २३, २६, २३, ४३, ४६ र ५९ वर्षीय पुरुषमा संक्रमन भेटिएको छ । त्यस्तै जुम्ला सिंजा गाउँपालिका वडा नं. ३, ४, ५, ६ का२४, २३, २३, २१, २६, १६, ४५, ११, १२, ३४ र २७ वर्षीय पुरुषमा संक्रमन भेटिएको छ ।
त्यसैगरी दैलेख दुल्लु नगरपालिकाकी २३ र ३० वर्षीया महिलामा पनि संक्रमन पुष्टि भएको छ । दैलेखका विभिन्न स्थानीय तहका २४जनामा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी सुर्खेतमा परीक्षण गरिएकामध्ये दैलेख १७, सुर्खेतका ५ र सल्यानका १० जनामाकोरोना पृष्टी भएको छ ।
कर्णालीमा हालसम्म १ सय ९८ जना संक्रमित मध्ये दैलेखका ८९, सुर्खेत ३४, सल्यान ३५, जुम्लामा १९ जना संक्रमित फेला परेका छन् ।त्यस्तै कालिकोटका १८, मुगुका १, बाजुरा र बझाङ घर भएका थप १÷१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै दैलेखका एक जनाकोकोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको छ । नेपालमा संक्रमितकोसंख्या १ हजार ६ सय ४७ पुगेको छ।