दाङ, जेठ १९ । गाई मारेको अभियोगमा रुकुम पूर्वका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको भूमे गाउँपालिका वडा नं. ५ उपल्लो साकिम निवासी २८ बर्षीय घाट गुरुङले दुई वटा गाई मारेको अभियोगमा प्रहरीले पक्राउगरेको छ । गुरुङले आइतवार दिउँसो २ बजेतिर गाई मारेको प्रहरीले बताएको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले गुरुङले दूई वटा गाईलाईबञ्चरो प्रहार गरि मारेको अभियोगमा पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार