२०८१ चैत्र १२ गते मङ्गलवार

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,जेठ १९ । पूर्वी नवलपरासीमा सोमबार थप ३ जनामा कोरोनो संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कावासोती ठेगाना भई कावासोती कै क्वारेन्टाइनमा रहेका २ जना २२ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाका १४ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यो सँगै नवलपुरमा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने १ जना महिला उपचार पछि संक्रमण मुक्त भएर फर्किएकी छन् । अहिलेसम्म देवचुली नगरपालिकामा ५ जना,विनयी त्रिवेणी गाउँपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *