तुलसीपुर, जेठ १८ । आइतवार दाङमा थप नौं जना नयाँ संक्रमित फेला परेका छन् । तुलसीपुर उपमहानरपालिकाका पाँच जना र गढवागाउँपालिकामा चारजनामा कोरोना संक्रमन पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित रक्षाचौर माविको क्वारेन्टिनमा बसेका मध्य तुलसीपुर ७ का २० बर्षीय १ जना, तुलसीपुर१५ का ३२ बर्षीय १ जना, तुलसीपुर १६ मा १८,२० र २३ बर्षीय गरि ३ जनामा आइतवार कोरोना संक्रमन पुष्टि भएको हो । तुलसीपुरकासंक्रमित सबै पुरुष हुन । उनीहरुलाई जेठ ८ गते छिमेकी देश भारतबाट आएपछि सोझै क्वारेन्टिनमा लगिएको तुलसीपुरका कोरोनाफोकल पर्सन विमल केसीले जानकारी दिए ।
त्यसैगरी गढवास्थित जनता माविमा निर्मित क्वारेन्टिनमा रहेकाहरु मध्य गढवा ६ का १ जना ३६ बर्षीय , वडा नं. ७ का २४ बर्षीय, लमहीनगरपालिका वडा नं. १ का ४० बर्षीय र राप्ती गाउँपालिका वडा नं. ८ का ३६ बर्षीय १ पुरुषमा कोरोना संक्रमन पुष्टि भएको छ । राप्तीस्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलापप्रशाद देवले लमही र राप्तीका संक्रमित स्वास्थ्यकर्मी रहेको जानकारी दिए।