
दाङ, जेठ १८ । दाङको बबई गाउँपालिकाका एकजना कोरोना संक्रमित व्यक्तिमा डँुगु भेटिएको छ । बेलझुण्डी कोरोना विषेश अस्पतालको आइसोलसनमा रहेका बबई गाउँपालिका वडा नं. ६ का ३० बर्षीय पुरुषमा आइतवार चेकजाँच गर्दा डँेगु भेटिएको हो ।अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले ती व्यक्तिमा ज्वरो आएपछि रगत र पिसाव चेकजाँच गर्दा लामखुट्टेको टोकाई वाट हुने डेँगु फेला परेको जानकारी दिए ।
ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि बेलझुण्डी अस्पतालमा सोही दिन ल्याइएको वलीले बताए । एक हप्ता अगाडि भारतवाट आएका ती व्यक्ति बबई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका थिए । कोरोना संक्रमितलाई लामखुट्टेले टोकेपछि हुने डेँगु फेला परेपछि सोही अनुसार उपचार थालिएको अस्पतालका हेल्थ असिष्टेन्ट वलीले बताए । यो नै जिल्लामा यो वर्ष फेला परेको डेँगुको पहिलो केस हो ।