२०८१ बैशाख ८ गते शनिवार

बाजुरामा दूई बर्षीया नाबालिकाको कोरोना भाइरसका कारण मृत्यु

दाङ, जेठ १७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतवार बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएसंगै मृत्यु हुनेको संख्या ८ पुगेको हो । बालिकाको आइतबार बिहान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। शनिवार नै ती बालिकाको स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।

ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन । जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी बालिकाको आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। तर उनका बुवाको भने रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जानकारी दिएको छ । बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिए पछि चार दिनअघि बालिकालाई अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *