२०८१ माघ १३ गते आइतवार

क्वारेन्टिनमा बसेकै दिन गुल्मीमा एक व्यक्तिले गरे आत्महत्या

 

दाङ, जेठ १७ । गुल्मीमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर–४ को आर्दश माविको क्वारेन्टाइनमा बसेका ५५ बर्षीय चन्द्रबहादुर परियारले शुक्रवार बेलुका रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

हिजो बेलुका साढे ६ बजेदेखि ७ बजेको बीचमा परियार झाडी नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। अहिले मुचुल्का उठाएर शव पोष्ट मार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।’ परियारलाइ शुक्रवार मात्रै छिमेकी देश भारतवाट आएपछि सोझै लगेर क्वारेन्टिनमा राखिएको थियो । उनले घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *