
दाङ, जेठ १७ । सल्यानमा पहिलो पटक एकै दिन २५ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमन भेटिएको हो । सल्यानमा कोरोना संक्रमन पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन । नगरपालिको वडा नं. १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा नं. २ मा १९ बर्षीय १ पुरुष, वडा नं. ३ मा १७,२७,२७ र ३८ बर्षीय पुरुष, वडा नं. ४ मा १८,३३ र ४४ बर्षीय पुरुष र वडा नं. ६ का ११,१६,१८,१९,२०,२१,२१,२१२५,२८,३० र ३६ बर्षीय र वडा नं. ७ मा ३८ बर्षीय १ पुरुषमा संक्रमन फेला परेको छ ।
उनीहरु सबै छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सुर्खेतका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा थप ३७ जनामा कोरानाभाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८, दैलेखका १८ र बाजुराका १ जना रहेका छन । कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ । सल्यान, कालिकोट र बाजुरामा पहिलो पटक संक्रमन भेटिएको छ ।