सुर्खेत, जेठ १७ । दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको छ । दुल्लु नगरपालिका वडा नं. –११ का ३५वर्षीय ती युवकको शनिवार वडा नं. –७ मा निर्मित क्वारेन्टिनमा शनिवार विहान मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखडा. लक्ष्मी नारायण तिवारीले उनको मृत्यु कोरोना भाइरसको कारणले भएको पुष्टि गरेकी छन् । तीन दिनअघि युवकको स्वाबपरीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।उनी १० दिन अघि भारतबाट फर्किएका थिए ।
प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
