दाङ, जेठ १७ । शनिबार कोरोना भाइरसका १ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । १ सय ८५ पुरूष र ४ जना महिलामा कोरोना भाइरसको संक्रमन देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारीदिए । यो संगै नेपालमा १ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिनबार १३ जना कोरोना जितेर घर फर्केका छन् । शनिवार सम्म देशभर कुल २ सय ६ जना निको भएर घर गएका छन् ।
शनिवार कपिलवस्तुमा ७७ जनामा कारोना संक्रमण देखिएको छ । महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई महिलामा कोरोना संक्रमन भेटिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले कपिलवस्तु जिल्लामा मात्रै संक्रमितको संख्या २ सय ६५ पुगेको जानकारी दिए । यो संगै प्रदेश न ५ मा मात्रै संक्रमितको संख्या ५ सय ४७ पुगेको छ । प्रदेश ५ मा ४८ जना निको भएर घर गएका छन् ।