२०८१ बैशाख ८ गते शनिवार

प्रसुती गराउँदा आमाको मृत्यु

तुलसीपुर, जेठ १७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी २९ बर्षीया मिरा भुसालको सल्यक्रिया गरि बच्चा निकालेपछि मृत्यु भएको छ ।

उच्च रक्त चापका कारण ती महिलाको मृत्यु भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको प्रहरीले बताएको छ । शल्यक्रिया गरि बच्चा जन्मेपछि शुक्रवार उनको मृत्यु भएको भन्ने खवर प्रतिष्ठानले दिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भुसाल जेठ १४ गते प्रसुती सेवाका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन ।

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *