२०७८ जेष्ठ ४ गते मङ्गलवार

तुलसीपुरमा एक युवाको हत्या , अनुसन्धानका लागि ८ जना पक्राउ


तुलसीपुर, जेठ १७ । तुलसीपुरमा शुक्रवार राति एक युवाको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा डेरा गरि बस्ने २९ बर्षीय मन्दिप भुजेलको हत्या भएको छ । शनिवार विहान तुलसीपुर ५ को संगितनगर टोलमा उनको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले मृतकको टाउकोमा गहिरो चोट रहेको जानकारी दिए । उनी तुलसीपुरको अटो ग्यारेजमा काम गर्ने मजदुर रहेको प्रहरी निरिक्षक पालले बताए ।

यसैबीच प्रहरीले भूजेल हत्यामा संलग्न भएको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको पालले जानकारी दिए । पालले प्रहरी भूजेल हत्या काण्डको नजिक पुगेको तथा छिट्टै अभियुक्तलाई सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *