जेठ १७ । दारी ग्यांग दाङले आज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्द देश लकडाउनमा रहेको छ । लकडाउनको समयमा जिल्लामा रगतको अभाव अत्यधिक भएको र माग बढिरहेको अवस्थालाई मध्यनजर गरी दारी ग्यांग दाङले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
आज कालिकादेवी रक्त संचार तुलसीपुरमा ग्यांगका २५ जना सदस्यहरुले रक्तदान गरेका हुन् । दारी ग्यांग दाङको नियमित कार्यक्रम अन्तर्गत जिल्लामा रगतको अभाव हटाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रगतकै कारण मानव जीवन अप्ठेरोमा नपरोस् भन्ने उद्देश्यका साथ् रक्तदान गरेको ग्यांगका सदस्य साइग्रेस देवकोटाले बताए । रक्तदान कार्यक्रमको सहजीकरण ग्यांगका सदस्य साइग्रेस देवकोटाले गरेका थिए ।
प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार