नन्दराम खड्का ,
होलेरी,जेठ १६ । प्राथमिक स्वास्थ केन्द्र होलेरीका स्वास्थ्यकर्मीहरु कपडाको मास्कको भरमा दिनरात अस्पताल आउने बिरामीको चेकजाच गरिरहेका छन् ।फ्रन्ट लाइनमा खटिएर काम गर्ने स्थ्यकर्मीहरुको जोखिम र समस्याको बारेमा कसैले चासो नदिएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।ब्यक्तिगत सुरक्षा सामाग्रीको माग गर्दा स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले ब्यवास्ता गर्ने गरेको उनीहरुको आरोप छ ।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका ल्याव टेक्निसियन कमल रेग्मीले स्वास्थ्यकर्मीका लागि ब्यक्तिगत सुरक्षा सामाग्री नभएको बताए ।चिन्ता र त्रासका बीच काम गर्नु परिरहेको उनले गुनासो गरे ।
यो सवालमा रुण्टीगढी गाउँपालिकाका प्रबक्ता जगतबहादुर घर्तीले अहिले सबै भन्दा बढी जोखिममा स्वास्थकर्मी नै रहेको स्वीकार गरेपनि ब्यक्तिगत शुरक्षा सामाग्री खरिद गर्ने जिम्मा गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बुढालाई दिइएको तर केही दिनदेखि उनलाई स्वास्थमा समस्या आएकाले समस्या भएको प्रतिकृया दिए । तर उनले जति हुन्छ छिटो स्वास्थ्यकर्मीलाई सुरक्षासामाग्री उपलब्ध गराउने आश्वासन दिए ।