२०८१ मङ्सिर १७ गते सोमवार

कपुरकोटका किसानलाई अुनदानमा कृषि उपकरण वितरण


शंकर केसी,
सल्यान, जेठ १६ ।कपुरकोट गाउँपालिकाले थ्रेसर, मिनि टिलर अनुदानमा वितरण गरेको छ । कृषिलाई आधुनिकरण गर्ने उदेश्यका साथ ती सामाग्री अनुदानमा किसानलाई वितरण गरिएको हो । ब्यवसायिक पशु पालनमा लागेका किसानलाई च्याप कटर वितरण गरेको छ । गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तथा गाउँपालिकाका प्रवक्ता यमकुमार वस्नेतले २४ वटा मिनि टिलर र १० वटा थ्रेसर र ४ वटा च्याप कटर वितरण गरिएको जानकारी दिए ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा शाखा तर्फको ५० प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकममा च्याप कटर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले चार थान च्याप कटर ब्यवसायिक पशुपालन गर्ने किसानहरुलाई वितरण गरेका छन् । ४७ हजार रुपैयाँ पर्ने च्याप कटरमा गाउँपालिकाले ३५ हजार २ सय ५० र किसानले ११ हजार ७ सय ५० रुपैंया लगानी गरेको पशु विकास शाखा प्रमुख अरुणा भण्डारीले बताइन ।

त्यस्तै ५० प्रतिशत अनुदानमा २४ वटा मिनि टिलर र १० वटा थ्रेसर पनि गाउँपालिकाले आधिकारिक रुपमा दर्ता भएका किसान समुह र फर्मलाई वितरण गरेको छ । मिनि टिलर अनुदानमा पाएपछि मनकामना कृषि फर्म कपुरकोट ४ गाँडापानीका कृषक किरण कठायतले कृषि क्षेत्रमा भित्रिएको यान्त्रीकरणले आफूजस्ता किसान लाभान्बित बनेको बताए ।

उनले हाल २ रोपनी जमिनमा ब्यसायिक तरकारी खेति गरेका छन् । यस्तै गहुँ दाउने थ्रेसर प्राप्त गरेका हिमचुली कृषक समूह कपुरकोट १ गर्पाका अध्यक्ष नरबहादुर सुनारले गाउँपालिकाले कृषकका लागि उपयोगि कार्यक्रम ल्याएको तर्क गरे । कृषि क्षेत्रलाई समय सापेक्ष यन्त्रिकरण गर्न गाउँपालिकाले यान्त्रीकिकरण र विषदीको न्युनिकरणमा जोड दिइएको अध्यक्ष सेनले बताए । सूचना प्रकाशित पछि किसानवाट आएका निवेदनहरुको आधारमा स्थलगत अनुगमन गरि यस्ता उपकरणहरु दिने गरिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *