२०८१ बैशाख ७ गते शुक्रवार

प्युठानको क्वारेन्टाइनमा प्रहरीको कुटाइबाट युवकको हात भांच्चियो

शम्सेर बिक्रम जिसी,
प्युठान,जेष्ठ,१६ । क्वारेन्टिनमा खाना खुवाउने बिषयमा सामान्य विवाद हुँदा प्रहरीको निर्घात कुटाईबाट दुई युवक घाइते भएका छन्। मल्लरानी गाउँपालिका वडा नं ३ मुनडाँडा क्वारेन्टिनमा खाना खुवाउने बिषयमा सामान्य विवाद भएपछि वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यको अगाडि स्थानीय दुई युवकलाई प्रहरीले निर्घात कुटपिट गरि हात भाँचिदिएको पिडितले बताएका छन् ।

प्रहरीको कुटाईबाट स्थानिय ३० बर्षीय झविलाल खत्रीको दाँया हात भाँचिएको छ। उनको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भैरहेको छ। भने सोहि ठाउँ निवासी २० बर्षीय फनबहादुर खत्री गम्भिर घाइते भएका छन् । जनकल्याण प्रावि चौथी लगाउने क्वारेन्टिनमा रहेका ब्यक्तिलाई खाना नपुगेपछि क्वारेनटीनमा बसेकाहरुले खाना पुन्ः पकाउन भनेको विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसंग सामान्य विवाद भएको थियो ।

घाइते भएका दुई जना मध्ये झविलाल खत्री खाना खुवाउने जिम्मा लिएका याकबहादुर खत्रीको भान्जा नाता पर्दछन भने फनबहादुर छोरा हुन्। सामान्य विवादको बिषयलाई लिएर प्रहरी बोलाएर तीन जनाको मिलेमतोमा प्रहरीले आफुहरुको कुरा नसुनी निर्घात कुटपिट गरेको घाइते झविलाल खत्रीले बताएका छन् । गत बुधवार बेलुका कुटपिट गरेपनि हात अत्यन्तै दुखेपछि शुक्रबार मात्र उनी जिल्ला अस्पताल पुगेका थिए । जिल्ला अस्पताल बिजुवारमा उनको भाँचिएको दाँया हातको एक्सरे गरि अस्थायी प्लाष्टर गरिएको छ। उनको हात सुन्निएकोले एकहप्ता पछि राम्रोसंग प्लाष्टर गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन्।

घटनाको बिषयमा वडा अध्यक्ष गिरीराज पौडेलले मदिरा सेवन गरि विवाद गरेकोले प्रहरीलाई आफुहरुले बोलाएको भन्दै क्वारेन्टिन स्थलमा कुनै कुटपिट नभएको बताएका छन् । ‘हात कसरी भाँचियो मलाई थाहा छैन,’ क्वारेन्टिनमा खटिएका प्रहरी असईले भने ‘मैले कुटेको हैन।’ मुस्कान सहितको सेवा दिनुपर्ने प्रहरीले निर्घात कुटपिट गरेर हात नै भाँचि दिएको बारेमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले प्रहरीको बचाउ गर्दै छानविन समिति बनाएर घटनाको छानविन गर्ने बताए । उनले छानविन पछि सत्यतथ्य वाहिर ल्याउने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *