
जेठ १६।नेपालमा शुक्रबार १७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा एक हजार २१२ कोरोना संक्रमित छन्।
पछिल्ला दिनमा भारतबाट नेपाली आउने क्रम बढेसँगै नेपालमा कोरोनाका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन्। कोरोनाबाट अहिलेसम्म नेपालमा ६ जनाको मृत्यु भएको छ। भारतबाट फर्किरहेका अर्घाखाँचीका एक युवाको बाटोमै मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युलाई पनि नेपालमै गणना गरेको छ।
प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार