२०८१ बैशाख १३ गते बिहिवार

जो,दाङवाट पहिलो पटक कोरोना जितेर घर पर्किए


राजेश खत्री,
दाङ, जेठ १६ । दाङ तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालको आइसोलेनमा रहेका ८ जना शुक्रवार कोराना जितेर घर गएका छन् । बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचार गराईरहेका ८ जनाको लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गरिएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।उनीहरुको दोस्रो रिपोर्ट शुक्रवार विहान आइपुगेपछि डिस्चार्ज गरिएको उनले बताए । पहिलो पटक दाङवाट कोरोना जितेर फर्किनेहरुमा दाङमै परीक्षण भइ पहिलो पटक संक्रमित हुने मध्यका दुई मध्इ एकजना दाङको गढवा गाउँपालिकाका वडा नं. ४ का ३६ बर्षीय एक युवापनि छन् ।त्यसैगरी अन्य ४ जना भने कपिलबस्तु जिल्लाका छन् । जसमा कृष्णनगर २ का २९ बर्षीय युवा, कृष्णनगर ११ का २० बर्षीय युवा, गान्धिनगर ३ का ४२ बर्षीय पुरुष र शिवराज ११ निवासी ३४ बर्षीय युवा हुन ।

दाङवाट कोरोनालाई जितेर घर जाने अन्य तीन जना भने बाँके जिल्लाको नरैनापुर गाउँपालिकाका हुन । नरैनापुर १ का १८ युवा, वडा नं. ३ का २५ बर्षीय युवा र वडा नं. ५ का २० बर्षीय युवाहरु रहेका छन् । उनीहरु सबै जेठ २ गते कोरोना विषेश अस्पाल बेलझुण्डीमा उपचारका लागि ल्याइएकाहरु हुन । निको भएर घर फर्किएका नरैनापुरका २५ बर्षीय युवाले कोरोना बारे जति अफबाफ फैलिएको छ त्यो गलत भएको बताए । ‘कोरोना लागे बाँच्नै गाह्रो हुन्छ र बच्दैन होला भन्ने अफबाफ गलत हो,’ उनले भने ‘ सबैभन्दा लापरवाही गर्नु भएन र कसरी हराउन सकिन्छ भन्ने बाटोमा लाग्नु पर्छ।’ १४ दिनमा कोराना जितेर फर्किएका उनले आफुलाई कोरोना लागेको जस्तै अनुभूति नभएको प्रक्रिया दिए ।

पहिलो पटक दाङवाट कोरानालाई हराएर घर फर्किएकाहरुलाई अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगाएतले खादा लगाएर बधाई ज्ञापन गर्दै विदाई गरेका थिए । अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले निको भएर घर फर्किएकाहरुलाई एक हप्ता होम क्वारेन्टिनमै बस्न आग्रह गरेका थिए । त्यस्तै उनले निको भएर घर फर्किएकाहरुलाई कोरोना विरुद्धको लडाईमा फ्रन्ट लाईनमा खटेर सहयोग गर्न आग्रह गरेका थिए । १४ दिन आइसोलेसनको उपचार पछि कोरोना जितेर घर फर्किएकाहरुको मुहारमा बेग्लै खुसी र चमक देखिन्थ्यो ।


बेलझुण्डीमा अब ३७ जना संक्रमित
कुल ४५ जना संक्रमित राखिएको बेलझुण्डी अस्पतालका ८ जना डिस्चार्ज भएपछि अब ३७ जना विरामी राखिएको छ । बेलझुण्डीमा अब दाङमा १९, रुकुम पूर्वका ३ बाँकेका ५,बर्दियाका ५, कपिलबस्तुका २ र रुपन्देहीका ३ तीन जनाको उपचार भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले जानकारी दिए । हालसम्म दाङका कुल २२ जनामा संक्रमन देखिएकोमा तुलसीपुरका एक जना र गढवाका एक जना कोरोना जितेर घर फर्किसकेका छन् । अर्का एक घोराही ९ का संक्रमित भने काठमाडौंको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

बेलझुण्डीमा पनि अब बेड भरिदै
प्रदेश कारोना अस्पताल बेलझुण्डीमा १०० आइसोलेनस बेडहरु छन् । तर त्यहाँ ५० जना भन्दा बढीलाई राख्न नमिल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘१०० बेड क्षमता भनिएपनि संक्रमितलाई राउन्डिङमा राख्नुपर्ने हुँदा ५० जना भन्दा बढी राख्न मिल्दैन,’ वलीले भने । शुक्रवार ८ जना घटेपछि संख्या ३७ मा झर्दा केही सहज भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *