
शरद रेग्मी,
तुलसीपुर, जेठ १५ । तुलसीपुर उपमहानगरपालिकालाई १ हजार २ सय लिटर स्यानीटाइजर हस्तान्तरण गरिएको छ ।तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोभिड–१९ प्रतिकार्यका लागि निजी तथा साझेदारी परियोजना कार्यक्रम अन्तरगतउत्पादन गरिएको स्यानीटाइजर उपमहानगरलाई विहीवार हस्तानतरण गरिएको हो ।
कार्यक्रममा टिम लिडर तथा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले विहीवार तुलसीपुरका मेयर घनश्याम पाण्डेलाईस्यानीटाइजर हस्तान्तरण गरेका हुन ।
युएसएआइडी विपद जोखिम व्यवस्थापन परियोजना –तयार नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजनाले स्थानीययुवाहरुलाई प्रयोग गर्ने उदेश्यका साथ त्यो स्यानीटाइजर ५० जना स्वएंम सेवकहरु मार्फत तुलसीपुरमै उत्पादन गरेको हो ।
उपमहानगरपालिका १९ वटै वडाका स्वास्थ्य सस्था र स्थानीय सरकारले प्रयोग गर्ने गरित्यो स्यानीनटाइजर उत्पादन पछि हस्तान्तरणगरिएको कार्यक्रमका टिम लिडर केसीले बताए । परियोजनाले स्यानीटाइजर उत्पादन गर्ने र स्थानीय सरकारको समन्वयमा नगरका१९वडामा नै निःशुल्क रुपमा वितरण गर्ने उद्देश्य राखिएको छ ।
स्यानीटाइजर बुझ्दै मेयर पाण्डेले स्यानीटाइजर उत्पादन गरि स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरणका लागि प्रदान गरेकोमा खुसी प्रकटगरे । उनले त्यो कार्यमा खटिने कार्यक्रममा टिम लिडर विनिल केसी, उत्पादन कार्यमा खटिने विभिन्न संघ संस्थामा आवद्य स्वएंम सेवक रवडाका स्वास्थ्य स्वसंमसेविकाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
मेयर पाण्डेले विपदको समयमा सबैको आपसी सहयोग, सदभाव र हातेमालो आवश्यक रहेको बताए । त्यसक्रममा तुलसीपुर उद्योगवाणिज्य संघका अध्यक्ष बीरबहादुर रावतले संघ विपदको समयमा स्थानीय सरकार संग सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए ।